दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकका क्रममा राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार बोल्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री आचार्यले कर्मचारीको क्षमता अभिवृद्धि कागजी प्रव्रिmयामा मात्र सीमित नभई फिल्ड तहमा प्रत्यक्ष अभ्यासमार्फत गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमलाई नतिजासँग जोड्न, विषयगत आधारमा सञ्चालन गर्न र कार्यव्रmमको कार्यविधि समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले आयोजना बैङ्क र त्यसले निर्धारण गरेका प्राथमिकतामा तीन तहका सरकारबिच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
प्रदेश प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सेवा प्रवाह चुस्त बनाउन कर्मचारीको क्षमता अभिवृद्धि अनिवार्य रहेको बताउनुभयो । बैठकले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी आव २०८३/८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया