१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

आजको मौसमः कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना



काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ।

 मौसमविद् सरोज पुडासैनीकाअनुसार आज  दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको छ।

उनले भने, “मङ्गलबारकै दिन कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित भारी पानी पर्ने सम्भावना छ।”

यसैगरी, बुधबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना छ।

कोशी र मधेश प्रदेशको एक, दुई ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ। 

प्रकाशित मिति : १५ बैशाख २०८३ मंगलबार ००:००  ६ : ५४ बजे