१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेकपा कपिलवस्तुको संयोजकमा फैजल



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कम्युनिष्ट पार्टी कपिलवस्तु संयोजकमा फैजल खानले जिम्मेवारी पाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले जिल्ला संयोजकको जिम्मेवारी खानलाई दिएका हुन् ।

लुम्बिनी प्रदेशका ११ जिल्लामा इन्चार्ज र संयोजक टुङ्ग्याएको नेकपाले कपिलवस्तुमा पनि नयाँ नेतृत्व चयन गरेको हो ।

पूर्व नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रहेका खान नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी बीच पार्टी एकता भएपछि पनि जिल्ला संयोजक भएका हुन् ।

जिल्लाकै लोकप्रिय युवा नेतामा चिनिने खान पूर्व अन्तर्राष्ट्रियस्तरका क्रिकेटर खेलाडी समेत हुन् ।

यस्तै जिल्ला इन्चार्जको जिम्मेवारी पार्टी केन्द्रीय सदस्य सुकई थारुले पाएका छन् । पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका उनले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति : १ असार २०८३ सोमबार ००:००  ८ : ०६ बजे