काठमाण्डौ ।
नेपाल प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आज एक भिडियो सन्देशमार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको हो । महानिरीक्षक कार्कीले विविधता बीचको एकता नै नेपालको मूल पहिचान र शक्ति भएको बतााउनु भएको छ ।
सन्देशमा महानिरीक्षक कार्कीले नेपाल विभिन्न भाषा, जातजाति, धर्म र संस्कृतिले भरिपूर्ण राष्ट्र भएको र विगतदेखि नै पारस्परिक सद्भाव, सहिष्णुता र भाइचारा कायम रहँदै आएको स्मरण गराउनुभएको छ ।
उहाँले पछिल्लो समय पूर्वी तराईका केही ठाउँमा धार्मिक सद्भाव विगार्ने किसिमका गतिविधि भएको प्रति सचेत गराउँदै सबै धर्म, संस्कृति र समुदायको अस्तित्व तथा मर्मको सम्मान समेत आग्रह गर्नुभएको छ । महानिरीक्षक कार्कीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने कार्यमा सहयोग पुर्याउन सबै नेपालीहरुमा आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया