२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

शुक्रबारदेखि सम्पर्कविहीन पूर्वनगरप्रमुख किरण सिंह मृत फेला



कपिलवस्तु ।
शुक्रबार साँझ साढे ५ बजेदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला परेका छन् ।

उनी हराएको स्थानदेखि ६र७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले बताए । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए । सिंह तौलिहवा(गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट सम्पर्कवीहिन भएका थिए ।

शुक्रबार साँझबाटै उनको खोजी भइरहेको थियो । शनिवार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको के नाइन शाखाबाट तालिमप्राप्त कुकुर र ड्रोन उडाएर खोजी गर्दा पनि उनी भेटिएका थिएनन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ३, ढेवानगढिया निवासी ६५ वर्षे सिंह २०७४ मा कांग्रेसबाट नगर प्रमुख पदमा विजयी भएका थिए । २०५४ मा कांग्रेसबाट सिंह उपमेयर ९नगरउपप्रमुख०मा विजयी भएका थिए । ०७९ को स्थानीय निर्वाचनमा भने नगर प्रमुख पदमा पराजित भएका थिए । नगर प्रमुख सिंहले ढकेरीमा व्यावसायिक कृषि फर्म खोल्ने तयारी गर्दा आउनेजाने गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८३ आइतबार ००:००  १ : ०८ बजे