२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

लुम्बिनी सरकारलाई निरन्तरता दिन मसाल तयार



काठमाडौं ।
लुम्बिनीमा अहिलेकै सरकारलाई निरन्तरता दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सहमति गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच आज २ बुँदे सहमति भएको हो।

एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने उल्लेख थियो।

लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। एमालेले आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको थियो।

आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन १ सांसद आवश्यक पर्ने भएपछि नेकपा (मसाल) सँग सहमति गरिएको हो। लुम्बिनीमा नेकपा (मसाल) का १ जना सांसद छन्।

८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ।

एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुख बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको साथ चाहिन्छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभामा विश्वास मत लिने तयारीसमेत गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३ बुधबार ००:००  ९ : १८ बजे