मायादेवी अनलाइन, बाणगंगा ।
प्रभाकर मावि सिमलपानीमा लगाइएको ताला खुलाइएको छ ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका-१४ मा रहेको यस विद्यालयमा केही दिन अगाडी ताला लगाइएको थियो ।
बुधबार बसेको सर्वदलिय, सर्वपक्षिय छलफलपछि विद्यालयमा लगाइएको ताला खुलाइएको वडा नं. १३ का वडा अध्यक्ष दुर्गा बहादुर विसीले जानकारी दिए ।
ताला लगाउने पक्षबीच भएको छलफल पश्चात विद्यालयको शैक्षिक गुणस्तर तथा समसामयिक विषयमा उठेका समस्याहरु पहिचान तथा छानविन समिति गठन गरी प्रतिवेदन ५ दिन भित्र सार्वजनिक गर्ने सहमति भएको छ ।
जसको लागि ठाकुर भाट क्षेत्री संयोजक रहेको एक समिति गठन गरिएको छ । जसको सदस्यमा तारा प्रसाद न्यौपाने, वसन्ता भाट क्षेत्री, मान बहादुर विसी, गगनराज रेश्मी मगर रहेका छन् ।








प्रतिक्रिया