कपिलवस्तु। कपिलवस्तुको बाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बिहान ८स्५५ बजे लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू घाइते भएकी थिइन्।
मोटरसाइकल चालक बाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट घाइते थारूको बिहान १०स्१० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१२ कार्तिक २०८३ बुधबार ००:००
0
Shares










प्रतिक्रिया