१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

देउवा समूहको जिल्ला अधिवेशन-यी हुन् अहिलेसम्म चयन भएका सभापति (सूची)



काठमाडौं ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

अहिलेसम्म १० वटा जिल्लामा अधिवेशन भई नेतृत्व चयन भएका छन्।

देउवा समूहले सहमतिमै जिल्ला सभापतिसहित पदाधिकारीहरू चयन गरेको छ।

अहिले एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन भएका हुन्। जिल्ला अधिवेशन कार्यतालिका भने कात्तिक १५ गतेलाई तोकिएको थियो।

मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन हुनेछ।

पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशन प्रारम्भ भएको थियो।

कुन जिल्लामा को भए सभापतिरु

१. संखुवासभा-रामकुमार जिमी

२. डोल्पा- देउप्रसाद बुढा

३. हुम्ला- सूर्यबहादुर शाही

४. जुम्ला- नेत्रकला शाही

५. मुगु- तिलक मल्ल

६. रूकुमपश्चिम- नन्दबहादुर विष्ट

७. कालिकोट- नगेन्द्र विष्ट

८. डोटी- बाजीसिंह खड्का

९. बैतडी- वीरबहादुर विष्ट

१०. रोल्पा-मानबहादुर खत्री

प्रकाशित मिति : १३ कार्तिक २०८३ बिहिबार ००:००  ८ : ३२ बजे