२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नवलपरासीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु



नवलपरासी ।
नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेरीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो मध्यविन्दु नगरपालिका–२, सेरीबाट नन्दपुरतर्फ जाँदै गरेको ना४त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा मध्यविन्दु नगरपालिका–२ बस्ने २६ वर्षीय धनबहादुर महतोको मृत्युभएको प्रहरी चौकी कोल्हुवाका हरिबहादुर रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका महतोको उपचारका क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ४ : १९ बजे