८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

‘अमित बराल जिताऔ अभियान’ सुरु



विष्णु खत्री, सैनामैना ।
नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरेका रुपन्देही सैनामैना ४ मुर्गियाका अमित बराललाई नेपाल आईडल बनाउन अमित बराल जिताऔ अभियान सुरु हुँदै छन् । एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचारका लागि विभिन्न संघ संस्थाको आयोजनामा आज देखी अमित बराल जिताऔ अभियान सुरु हुन लागेका हुन् ।
२४ वर्षीय अमित बरालको प्रचारका लागि लायन्स क्लब अफ सैनामैना, लायन्स क्लव अफ मलमला, लायन्स क्लव अफ सालझण्डी, रोटरी क्लब अफ सैनामैना, सैनामैना जेसिज, लियो क्लव अफ सैनामैना र रोट्रयाक्ट क्लव अफ सैनामैना जुटेका छन् । नेपाल आईडलको टप ‘सिक्स’मा पुग्न सफल बराललाई जिताउन सोमबार सैनामैनामा अमित बरालको जिबनी र उनको नेपाल आइडलको हाल सम्मको यात्रा सम्मिलित सानो बृतचित्र प्रदर्शन गरिने भएको छ ।
सामान्य परिवारमा जन्मिएका बराललाई नेपाल आईडल बनाउन सैनामैना २ कालिकाचोकमा रहेको ग्लोबल पार्टी प्यालेसमा बरालको सहयोगार्थ स्वरुप यस क्षेत्रका संघ संस्थाका प्रमुखहरू, राजनैतिक दल, समाजसेवी, ब्यवसायी तथा शैक्षिक ब्यक्तिवहरूसंग छलफल कार्यक्रमको समेत आयोजना गरिएको लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष एवं अमित बराल जिताऔ अभियानकर्ता चित्र बहादुर केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सबैलाई उपस्थिति हुन के.सी ले आग्रह गर्नुभएको छ । कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  ३ : २६ बजे