७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दाङमा बस दुर्घटना, नौ को मृत्यु



दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री नजिक विद्यार्थी बोकेको एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्तीको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकको छाँगाबाट २०० मिटर तल खसेको जनाइएको छ । खसेको छ। थप विवरण आउन बाँकी छ। सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेको उक्त बस दुर्घटनामा परी केही गम्भीर घाइते भएका छन्। अझ धेरैको हातहाती हुन सक्ने प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रकाशित मिति : ६ पुस २०७५ शुक्रबार ००:००  १२ : २९ बजे