२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

आजदेखी मौसम पूर्णरूपमा सुधार



काठमाडौं ।
केही दिनदेखि बदली रहेको मौसम आइतबारदेखि पूर्णरुपमा सफा भएको छ। मुलुकभरको मौसम आइतबार देखि सफा भएकव हो। पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

प्रकाशित मिति : २७ माघ २०७५ आइतबार ००:००  ९ : १४ बजे