९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

दिल्लीको होटलमा आगलागी, १७ को मृत्यु, ११ जना घाइते



एजेन्सी ।
दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ। घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन्। करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि उनीहरूलाई जोगाउन नसकिएको विभागका अतुल गर्गले जानकारी दिनुभयो ।
उक्त टोलीले लगत्तै गरेको उद्धार प्रयासका कारण होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गर्न सकिएको थियो भने १७ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो। उद्धार टोलीले घटनास्थलबाट १३ जनाको मृत शरीर राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको मृत शरिर लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाएको छ । एक महिला र एक बालकले आगलागीपछि आत्तिएर अस्पताल भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको अस्पतालको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ । आगोमा जलेर घाइते बनेका ११ जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  ६ : ५३ बजे