२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत भेटिए



सिओल ।
दक्षिण कोरियामा कार्यरत एक नेपालीको बुधबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा फाजुमा विगत ८ वर्षदेखि कार्यरत धादिङका ठाकुर तामाङ रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए।तामाङ कोरियाको पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया आएका इपियस कामदार रहेको बताइएको छ।मंगलबार साँझ सामान्य अवस्थामा सुतेका तामाङ बुधबार बिहान समयमा नउठेपछि हेर्दा सँगै बस्ने साथीहरुले उनलाई मृत अवस्थामा फेला पारेका थिए।
प्रक्रिया पूरा गरी शवलाई नेपाल पठाउने तयारी गरिएको कन्सुलर बाँस्तोलाले बताए।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  ६ : २० बजे