९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

२ करोड ७६ लाख ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक पक्राउ



काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण पिएन क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी चिन्तनलाई पक्राउ गरेको छ। २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सहप्राध्यापक शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको थिए। उनलाई प्रहरीले मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो।

शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन्। उनलाई बाँनियाटारबाट पक्राउ गरिएको हो।

उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

शिवाकोटीले नेपाल ल क्याम्पसमा समेत प्राध्यापन गराएका थिए। उनले कानुनमै अमेरिकाबाट पिएचडी समेत गरेका थिए।

प्रकाशित मिति : २ फाल्गुन २०७५ बिहिबार ००:००  ६ : २४ बजे