९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

लिबियामा पाकिस्तानीले बन्धक बनाएका दुई नेपालीको उद्धार



काठमाण्डौ ।
नेपालीलाई लिबियामा बन्धक बनाउने मध्येका एक पाकिस्तानी दलाल फागुन ३, २०७५ काठमाडौं स् लिबियामा बन्धकमा परेका दुई जना नेपालीको उद्दार भएको छ। नेपाली तथा पाकिस्तानी दलालले आप्रवासनको आश्वासन दिँदै इटाली लैजाने भन्दै उनीहरुलाई लिबिया र्पुयाएका थिए। इटाली जाने भन्दै उनीहरूसँगै अन्य १२ जना नेपली समेत लिबिया पुगेको र यसमध्ये तीनजना अझै पाकिस्तानी दलालको बन्धकमा रहेको आफन्तले बताएका छन्। उद्धार हुनेमा पोखरा–९ का ओम गुरुङ र पर्वतका सुरेश केसी रहेका छन्। उनीहरु दुबै जनालाई नेपाली सेनाको शान्ति मिशनमा खटिएका सेनाको क्याम्प राखिएको छ। सुरेश केसीकी श्रीमती ज्योती बुढाका अनुसार उनीहरुलाई सेनाको क्याम्पमा राखिएको हो। लिबियामा अलपत्र परेका १२ नेपाली मध्ये ११ जनाको पहिचान खुले पनि एक जनाको अझै खुल्न सकेको छैन। पाकिस्तानी दलालको बन्धकबाट गुरुङ र केसीलाई छुटाउन उनीहरुका आफन्तले १३ लाख भन्दा बढी रुपैंया लिबिया पठाई सकेको प्रहरी स्रोतले जनाएको छ।
पाकिस्तानी दलादहरु दुईजना रहेको र एकजना सुडानमा बसेर पैसा माग्ने नेपाल प्रहरीले स्रोतले जनाएको छ। लिबियमा भने भोला भन्ने दलाल रहेको जनाएको छ। १२ मध्ये सात जनाका आफन्तले मात्र महानगरीय अपराधमहाशाखामा उजुरी दिएका छन्। अलपत्र पर्नेमा म्याग्दीका अमन लजा, चिमखोला–३ म्याग्दीकै धीरज थापा, पोखरा–१९ का रञ्जीत केसी, बालकृष्ण बाठा, दत्तबहादुर बाठा, त्यस्तै रुकुमका मनराज पुन, सुनिलकुमार गिरी, महेश डाँगी र हरिमान बुढा रहेको नेपाल प्रहरी स्रोतले जनाएको छ। उनीहरू सबैलाई पर्यटक भिसामा सुरूमा युएई, त्यसपछि जोर्डन हुँदै लिबिया पुर्याइएको थियो। लिबियाबाट इटाली लैजाने क्रममा पाकिस्तानी दलालहरूबीच लेनदेनमा विवाद भएपछि युवाहरूलाई बन्धक राखिएको अपराध महाशाखाले जनाएको छ। उनीहरूलाई नेपालबाट पठाउने एजेन्ट मेचीनगर–१० काँकडभिट्टा बस्ने सन्तोष पराजुली र लामाचौर कास्कीका जसकाजी गुरुङलाई अपराध महाशाखाले केही दिन अघि पक्राउ गरेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ७ : ०७ बजे