९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा



काठमाडौं ।

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताए। उनले बुझाएको राजीनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ।

हिजो मात्रै कानुनमन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलबीच सुरुमा राजीनामा गर्न समय दिने र राजीनामा नआए महाअभियोगको तयारी गर्ने  निष्कर्ष जुटेको थियो। नेकपाले पनि आजै महाभियोगको तयारी गरेको थियो। तर, पाठकले महाभियोगबाट बच्न आजै राजीनामा दिएका हुन्।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको बताइएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ८ : ०४ बजे