२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सप्तरीमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु



लहान ।
सप्तरीको राजविराज नगरपालिका १ स्थित कञ्चनपुर सडकमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको स।१त ५५३४ नम्बरको ट्रयाक्टरको ठक्करले स्थानीय विक्रम गिरीकी छोरी करिब १० वर्षीया अञ्जली गिरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार साँझ ट्रयाक्टरको ठक्करले गम्भीर घाइते भएकी अञ्जलीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। गम्भीर घाइते बालिकाको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बालिकालाई ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ५ : ५९ बजे