९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

डोटीमा आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा



डोटी ।
शिखर नगरपालिका वडा नम्बर ६ की एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा यही फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताउनु भयो । उहाँले भन्नुभयो, ‘श्रीमानले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमानलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान सुरु गरिरहेका छौँ ।’

आफनै श्रीमानले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने नियम रहेको जानकारी दिनुभयो ।
उनीहरुबीच विवाह भएको ८(९ वर्ष भएको र उनीहरुबाट दुई वटा सन्तान समेत जन्मिसकेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ६ : ०४ बजे