२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सन्दिपले उपाधि जिताउलान् विग बासको ? आज फाइनल खेल



एजेन्सी ।
नेपाली युवा बलर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग ब्याश लिगको उपाधिका लागि आज छिमेकी टिम मेलबर्न रेनेगेट्ससँग खेल्नेछ ।मेलबर्नमा हुने खेल नेपाली समय अनुसार बिहान साढे नौ बजेबाट सुरु हुनेछ । मेलबर्न डर्वीका रुपमा रहेको यो प्रतियोगिताको उपाधिका लागि दुबै टिम तयार रहेका छन् ।

बिग ब्याश लिगमा दोस्रो पटक फाइनलमा पुगेको मेलबर्नका लागि उपाधि दिलाउन सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनले यो प्रतियोगितामा अहिलेसम्म ११ विकेट लिएका छन् । जसमा एकै खेलमा कम रन दिएर बढी विकेट लिने खेलाडीमा तेस्रो स्थानमा छन् । लिग चरणमा उनको टिमले १४ खेलमा सातमा जित र सातमा हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  २ : २७ बजे