७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेइमार र काभानी नभएर के भो ? पिएसजीको लागि एम्बाप्पे नै कापी



एजेन्सी,
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो प्रभावशाली यात्रा कायमै राखेको छ ।चोटका कारण दुई स्टार खेलाडी नेइमार र एडिन्सन काभानी बिहीन भएको पिएसजीले लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा सेन्ट–एन्टिएनलाई १–० ले हराएको हो ।पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा पिएसजीका लागि केलियन एमबाप्पेले विजयी गोल गरेका हुन् । एमबाप्पेले ७३ औँ मिनेटमा गरेको गोल पिएसजीको जितमा निर्णायक बन्यो ।

एमबाप्पेले लिग वानमा यो सिजन १९ गोल गरिसकेका छन् । उनले डानी अल्भेसको पासमा आइतबार रातिको खेलमा टिमका लागि विजयी गोल गरेका हुन् ।जितपछि शीर्षस्थानको पिएसजीको २३ खेलबाट ६२ अंक भएको छ र दोस्रो स्थानको लिलेभन्दा १२ अंकले अघि छ ।आइतबार राति नै भएको खेलमा लिले मोन्टपिलरसँग गोलरहित बराबरीमा रोकियो र उसको २५ खेलबाट ५० अंक छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५ सोमबार ००:००  २ : ०१ बजे