११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

जम्मु कस्मिरमा फेरि गोली हानाहान, ४ जना सैनिक मारिए



एजेन्सी ।
भारत स्वशासित क्षेत्र जम्मुकस्मिरमा फेरि गोली हानाहान भएको छ। गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन्। पुलवा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो। सोही समयमा गोली हानाहान भएको हो। केही दिनअघि जम्मु कस्मिरमै विद्रोहीको आक्रमणबाट ४० जना भारतीय सुरक्षा फौज मारिएका थिए। हिँजो भएको आक्रमणमा पनि भारतीय सेनाका मेजरको मृत्यु भएको थियो। विहिबार सुरक्षा फौजको टुकडीमा भएको आक्रमणपछि विद्रोहीमाथि निगरानी तथा कारबाहीको सिलसिला बढाइएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५ सोमबार ००:००  ७ : २२ बजे