८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

यौन दुर्व्यवहार गरेको आरोपमा त्रिविका सहायक डिन साहलाई कालोमोसो



काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन साहलाई बुधवार कालोमोसो दलेका हुन् ।
बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेकाआरोप छ । बर्दिया घर भएकी ती छात्राले शिक्षाशास्त्र संकायको डिन कार्यालयमा साह विरुद्ध उजुरी दिएकी छन्।
उजुरीमा जबरजस्ती गर्ने उद्देश्यले संवेदनशील अङ्ग छोएको उल्लेख छ। पीडितलाई किर्तिपुरको नेपाल बैंकबाट परीक्षा नियन्त्रक कार्यालय जाने बाटोमा सहायक डिन साहले दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।
पीडितले उजुरी दिएपछि त्यहाँ रहेका विद्यार्थीहरूले सहायक डिन साहलाई कालोमोसो दलेका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०७५ बुधबार ००:००  १० : ३८ बजे