८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पुलवामा आक्रमणको योजना कश्मीरमै बनेको होः पाकिस्तान



एजेन्सी ।
पाकिस्तानले हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि पाकिस्तानले जमात–उद–दावामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा राष्ट्रिय कार्ययोजनाको बिस्तारमा समीक्षा भयो । बैठकपछि मन्त्रालयले जमात–उद–दावा र फलाह–ए–इंसानियतमाथि प्रतिबन्ध लगाउने भएको हो ।

जमात–उद–दावा पाकिस्तानका चरमपन्थी नेता हाफिज सईदको संगठन हो । पुलवामा आक्रमणपछि तीव्र बनेको राजनीतिक प्रतिक्रियाका बिच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका हुन् ।बैठकले पुलवामा आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

पुलवामा आक्रमणको योजना भारत प्रशासित कश्मीरमै त्यहिँका चरमपन्थीले बनाएको र उनीहरुले गरेकाले यसमा आफूहरुको कुनै सम्बन्ध नरहेको पाकिस्तानको भनाई छ । पाकिस्तानले पुलवामा आक्रमणको स्वतन्त्र छानबिन हुनु पर्ने माग गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५ शुक्रबार ००:००  ५ : ०६ बजे