८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पाकिस्तानमाथि भारतको हमला, एलओसीमा खसाल्यो हजार किलोको बम अब के होला ?



एजेन्सी ।
भारतीय वायु सेनाले पाकिस्तानीमा हमला सुरू गरेको छ। भारतले मंगलबार भारतीय लडाकू जेट विमानले सीमा क्षेत्रमा हमला गरेको पाकिस्तानी अधिकारीले पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सेनाले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको हो। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन्। उनले यस घटनाको केही तस्विर पनि ट्वीट गरेका छन्। भारतको १२ मिराज २००० जेट विमानले एक हजार किलो बम खसालेको बताइएको छ। भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन। १४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  ५ : ५४ बजे