६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

दिल्लीका कोठीमा बेच्न लागिएका दुई युवतीको उद्धार, ३ जना पक्राउ



काठमाडौं ।
किशोरीहरुलाई ललाइ-फकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–१ यार्सा बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका–५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की छन्।

उनीहरुलाई बर्दिया प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका–८ कर्णालीपुलबाटे प्रहरीले पक्राउ गरेको हो।

रसुवा जिल्ला नौकुण्ड गाउँपालिका(५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो।

दिल्लीका कोठीमा बेच्ने उदेश्यले भारत लैजान लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरुमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १२ : ३८ बजे