२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्न यातायात महासंघको माग



काठमाडौं ।
सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।
सिन्डीकेट रहित यातायात सेवालाई मारमा पर्न नदिन र आम उपभोक्ताको हितको लागि पनि सरकारलाई यातायात क्षेत्रमा लगाइएको सिन्डी खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न दवाव दिनु परेको महासंघका महासचिव गणेश उप्रेतीले जानकारी दिए। यातायात क्षेत्रलाई सर्वसुलभ, सुरक्षित र गुणस्तरीय बनाउन पनि सरकारले गरेको सो निर्णय सफल कार्यान्वयनमा लैजानुको विकल्प नरहेको महासंघको भनाइ छ।
महासचिव उप्रेतीले सार्वजनिक सवारी साधनमाथि तोडफोड, आगजनी गर्नेहरुमाथि कडा कार्वाहीको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। महासंघले तोडफोड तथा आगजनी गरिएका सार्वजनिक सवारी साधनको उचित क्षतिपूर्तिको व्यवस्था हुने गरी कानुन निर्माण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  १० : २० बजे