२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं ।
सर्वोच्च अदालतले राज्य विरुद्धको संगठित अपराध राज्य विप्लव मुद्दा खेपिरहेका डा। सिके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलास राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। ुमिसिलमा संलग्न प्रमाणहरूबाट ठहरबमोजिम हुने नै हँदा निवेदक प्रतिवादी डा। सि।के राउत भन्ने चन्द्रकान्त राउतलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्न दिनूु आदेशमा भनिएको छ। अब उनले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने भएका छन्। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले बुधबारको इजालसले बदर गरेको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १० : ४५ बजे