२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्प आएपछि …



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग सीएसडब्ल्यू को ६३ औं अधिवेशन सहभागी भएर शुक्रबार स्वदेश फर्केकी छन् ।उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो ।राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गएको थियो ।अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पसेको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  १२ : ०४ बजे