९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

होटलको छतबाट लडेर एक युवकको मृत्यु



हेटौँडा ।
होटलको छतबाट लडेर एक युवकको मृत्यु भएको छ।हेटौँडा १० तरकारी मण्डी अगाडि रहेको रत्न होटलको लडेरबाट झरेर एकजना युवाको ज्यान गएको हो। मकवानपुर भीमफेदी गाउँपालिका २ कालिकाटारका श्रीदास रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईले मृत्यु दुर्घटना, हत्या या आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको भएको बताए। होटल रत्नको तीन तला माथिबाट लडेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ५ : ५३ बजे