१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

कैलालीको अत्तरियामा एक जनाको शव फेला



धनगढी ।
कैलालीको अत्तरियामा एक जनाको शव फेला परेको छ। गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटोको पुल नजिकै शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यहाँ फालेको हुन सक्ने जनाइएको छ। घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ६ : १० बजे