९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बैदेशिक रोजगार विभागका सुब्बा ६० हजार घुससहित समातिए



काठमाडौं ।
बैदेशिक रोजगार विभाग काठमाडौंका नायब सुब्बब रामकुमार फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन् । फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आगोगका पदाधिकारीले उनलाई पक्राउ गरेको हो ।
फुयाँलले सेवाग्राहीसँग साठी हजार घुसबापतको रकम लिई जिल्ला काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात निज धुर्व खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा दुवैलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट बिहिबार साँझ नियन्त्रणमा लिइएको हो। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ६ : ४५ बजे