९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

आजको मौसमःआंशिक बदली रहने



काठमाडौँ – देशका पहाडी भूभागहरुमा आज (शनिबार) पनि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अन्य क्षेत्रमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
बिगत एक साता देखि पहाडी क्षेत्रको मौसम बदली भइरहेको छ भने छिटपुट वर्षा पनि भइरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविदले बताएका छन्।

आइतबार पनि देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  २ : ३७ बजे