२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

निर्मला हत्या प्रकरणः निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित



कञ्चनपुर ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दीलिप विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा अदालतमा मुद्दा दर्ता गरेका थिए। जिसीलाई जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यले सोमबारदेखि वयान लिने अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। वयानपछि थुनछेक बहस हुने उनको भनाइ छ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ७ : १८ बजे