८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

खैरो हेरोइसहित बालाजुबाट दुईजना पक्राउ



काठमाडौं ।

प्रहरीले बालाजु नयाँ  बसपार्कबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकाया रहेका छन्। उनीहरूको साथबाट प्रहरी १६ ग्राम खैरो हेरोइन र जोख्ने तराजुसमेत बरामद गरको छ। विप्लव समूहको गतिविधिबारे अनुसन्धानमा खटिएको बालाजु प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ। पछिल्लो समय आपराधिक गतिविधिमा संलग्नमाथि महानगरीय प्रहरी परिसर काठमाडौंको सक्रियता बढाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ९ : १३ बजे