८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लागुऔषधसहित आमा–छोरी पक्राउ



वीरगञ्ज ।

पर्सा प्रहरीले लागुऔषधसहित आमा छोरीलाई बिहीबार बिहान वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित बिहान ८ बजे बाराको महागढीमाइ नगरपालिका वडा नम्बर १० घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैयामा डेरा गरि बस्ने ३८ वर्षकी अन्जु देवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ पाकेटमा रहेको ६ किलो गाँजाको धुलो जस्तो लागुऔषध बरामद गरेको छ ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका १९ इनरुवा चोकबाट जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ८ : ४० बजे