२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आदिमणी मन्त्र महाअनुष्ठान शुरु



काठमाडौं ।
आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान आइतबारदेखि शुरु भएको छ। बालगुरु आदित्यको नाममा सो कार्यक्रम हुन लागेको हो। काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीनगरमा बाल ब्रह्मज्ञानी गुरू आदित्यको सान्निध्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा महायज्ञ महाअनुष्ठान हुन लागेको हो। महायज्ञको प्रारम्भमा आइतबार कलसयात्रा सम्पन्न भएको छ। अनुष्ठान आजदेखि आगामी ३० चैतसम्म चल्ने आदि महायज्ञ मूल समितिले जनाएको छ। कार्यक्रमकै क्रममा त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा समेत गरिने छ। कार्यक्रममा आज बिहान ८ बजे मंगल कलसको कार्यक्रम रहेको थियो। त्रि–गजुर शिवालयको प्राणप्रतिष्ठा विधिपूर्वक शुभारम्भको कार्यक्रम ७ देखि ४ बजेसम्म रहेको छ। सोमबार, मंगलबार र बुधवार बिहान साढे ५ देखि साढे ६ बजेसम्म ध्यान योग शिविरको कार्यक्रम रहेको छ भने बेलुका ४ बजे आरतीको कार्यक्रम रहेको छ। चैत ३० गते शनिबार अपराह्न ५ बजे भोजनप्रसाद ग्रहण गरी कार्यक्रमको समापन गरिने कार्यक्रम छ। समापन कार्यक्रममा समेत प्रधानमन्त्री ओलीको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ९ : ०१ बजे