२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

घोरल मारेको आरोपमा सल्यानबाट नौजना पक्राउ



सल्यान ।
घोरल मारेको आरोपमा जिल्लाको शारदा नगरपालिका १४ ढाँरखानीका नौ जनालाई पक्राउ गरिएको छ। घोरल मारेर भागबन्डा गर्दै गरेको सूचनाको आधारमा प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रहरीको सुरक्षा सहित वन हिरासतमा राखिएको डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख मेघनाथ काफ्ले बताए। घोरलको स्याम्पल विभागमा पठाइएको र विभागबाट रिपोर्ट आएपछि कानुनी कारवाही अघि बढ्ने उनको भनाई छ। पक्राउ पर्नेमा शारदा नगरपालिका १४ ढारखानीका विजय भण्डारी, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, कमल वली, लोकराज भण्डारी, रामबहादुर भण्डारी, लोकबहादुर सार्की र डिल्लीबहादुर बुढाथोकी रहेका छन्। घोरल मारेका विषयमा अनुसन्धान र वयान लिने काम भइरहेको काफ्लेले बताए।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  ८ : ४९ बजे