८ असार २०८३, सोमबार | Mon Jun 22 2026

यी हुन् भारतबाट विश्वकप खेल्ने खेलाडी ?



एजेन्सी ।
आइसीसी विश्वकपका लागि भारतले टिमको घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा रहेको टिममा हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामीले स्थान बनाएका छन ।

बीसीसीआइले सार्वजनिक गरेको टिममा विराट कोहली, रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युज्वेन्द्र चहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद सामी रहेका छन ।

यसपटकको टिममा रिसव पन्त र श्रेयस ऐयरले टिममा स्थान बनाउन सकेनन् । बिश्व कप २०१९ यही मे ३० तारिकबाट सुरु हुँदैछ । पहिलो खेल दक्षिण अफ्रीका र घरेलु टोली इङ्ल्यान्ड बिच हुनेछ । भारतले भने आफ्नो पहिलो खेल दक्षिण अफ्रीका सँग मे ६ तारिकमा खेल्ने छ ।

प्रकाशित मिति : २ बैशाख २०७६ सोमबार ००:००  ३ : ०४ बजे