६ असार २०८३, शनिबार | Sat Jun 20 2026

चट्याङ लागेर पश्चिम नवलपरासीमा १ जनाको मृत्यु



नवलपरासी ।

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो ।

आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७६ बुधबार ००:००  ५ : ३५ बजे