२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

हत्या अभियोगका फरार अभियुक्त १२ वर्षपछि पक्राउ



पाल्पा ।
युवकको हत्या गरेर फरार रहेका अभियुक्त करिब १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१२ लुहुङका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

भट्टराईलाई २०६४ भदौ २ मा पाल्पाको साविक दोभान गाविस-५ कदमबासस्थित खोलामा स्याङजाको साविक जगत्रदेवी गाविस–२ का २४ वर्षीय राजु न्यौपानेको हत्या गरेको आरोप थियो।

जिल्ला अदालत पाल्पाले २०६५ साउन ४ मा भट्टराईलाई घटनाको मुख्य दोषी ठहर गरी १९ वर्ष १९ दिन कैद सजायको फैसला गरेको थियो। भारतमा लुकिछिपी बस्दै आएका भट्टराईलाई घरमा आएको समयमा मंगलबार राति बुटवलबाट पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार प्रेमिकाको विषयलाई लिएर विवाद भएपछि अभियुक्त भट्टराईले राजु न्यौपानेको हत्या गरेका थिए।

प्रकाशित मिति : ४ असार २०७६ बुधबार ००:००  ६ : ४६ बजे