तिलोत्तमा ।
विपि विचार राष्ट्रिय समाज तिलोत्तमाले नेपाली काग्रेसका सस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको ३७औं स्मृति दिवसको विपि वाटिकामा बृक्षारोपण गरेको छ । समाजले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र स्थित विपि बाटीकामा करिव एक सय वटा बिरुवा रोपेको हो ।
काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, पूर्व उपसभापति मनोरमा शेरचन, महाधिवेशन प्रतिनिधि कुल प्रसाद लामीछाने, समाजका जिल्ला अध्यक्ष शरद भट्राई,सल्लाहकार हरी न्यौपाने, बिष्णु पोखरेल, विपि चिन्तन प्रतिष्ठान रुपन्देहीका सभापति रोमणी प्रसाद पाठक, काग्रेस जिल्ला सदस्य हरी तिवारी, क्षेत्रीय सचिव माधवलाल देवकोटा लगायतले बृक्षारोपण गर्नु भएको थियो ।
समाजका नगर अध्यक्ष कल्याण पौडेको सभापतित्व, उपसभापति यमलाल पाण्डेको स्वागत, सचिव दिनमणि पंगेनीको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले बिपिले नेपालको प्रजातन्त्रीक आन्दोलनमा खेलेको भूमिका र उहाले प्रतिपादन गर्नु भएको समाजवादका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।
४ श्रावण २०७६ शनिबार ००:००
4
Shares










प्रतिक्रिया