२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सहकारीको एघार लाख चोरी



सलिम अन्सारी, प्युठान ।
सरुमारानी गाउँपालिका वडा नम्बर ४ को ऐरावती बहुउध्यशीय सानाकिसान सहकारी संस्थामा चोरी भएको छ। गए राती मुलगेट र भित्री गेटको ढोकाको ताला फोरेर सेफमा राखिएको एघार लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी गरिएको हो। शुक्रवार बिहान कार्यालय खोल्न पुगेका सहकारीका ब्यबास्थापक रेवत प्रसाद खनालले मुख्य गेट नै तोडिएको पाईएपछी आफुले प्रहरीलाई खबर गरेको बताउनुभयो।’बिहान कार्यालय खोल्न आउदा मुलगेट र भित्रीकोठाको ढोकाको ताला फोरिएको थियो,त्यसपछी मैले स्थानिय र प्रहरीलाई खबर गरेँ,’ उहाले भन्नुभयो,’सेफ फोरेर ११ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी भएको रहेछ।’ बिहिबार हिसाव किताब गरि पैसा सेफमा राखेर आफू कार्यालयबाट निस्किएको ब्यबस्थापक खनालले बताउनुभयो।बैंकमा इन्टरनेट समस्या हुँदा पैसा सेफ बक्समा राखेको खनालले बताउनुभयो। साँझपख सहकारीमा भएको खरिद बिक्री र रेमिट्यान्सबाट संकलन गरेर राखिएको रकम चोरी भएको सहकारीले बताएको हो।
कार्यालयको मुलगेट र भित्रीकोठाको ताला तोडिएको र पैसा राखिएको सेफ फोरिएको पाईएको अस्थायी प्रहरी पोस्ट बड्डडाडाका इन्चार्ज प्रेम बहादुर बिकले जानकारी दिनुभयो। ‘जुन ठाउँ सेफ राखिएको छ त्यो ठाउँबाट पैसा मात्र झिकिएको पाईएको छ’ उहाले भन्नुभयो, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ।’गाउँपालिका कार्यालय नजिकै रहेको उक्त सहकारीको क्षेत्रमा सीसी क्यामरा र सडक बत्ती समेत जडान गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७६ शुक्रबार ००:००  २ : ५३ बजे