७ असार २०८३, आइतबार | Sun Jun 21 2026

विप्लव समूहद्वारा गुल्मीमा अनिश्चितकालीन विद्यालय बन्द



गुल्मी ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका नेताहरु प्रक्राउ परेको विरोधमा गुल्मीका सामुदायिक तथा निजी विद्यालयहरु अनिश्चितकालीन बन्द गरेको छ। विप्लव समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी ९ क्रान्तिकारीले जिल्ला सचिव बिष्णु बिक र जिल्ला सदस्यलाई राजन खडकालाई प्रहरीले प्रक्राउ गरेको विरोधमा विद्यालय बन्द गरेको हो। बन्दले सदरमुकाम तम्घासमा रहेका निजी तथा सामुदायिक विद्यालयहरु पूर्णरुपमा बन्द भएका छन् भने ग्रामीण क्षेत्रमा बन्दको असर परेको छैन। एसइई परीक्षाको ग्रेड वृद्धिका लागि सञ्चालन भएको परीक्षा भने अवरुद्ध भएको नभएको बताइएको छ । विद्यार्थी नेताहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट रिहा भएलगत्तै प्रक्राउ गरी अर्घाखाची लैजानु दुःखद भएको अध्यक्ष बिकल्प खत्रीले टिप्पणी गरेका छन्। उक्त संगठनले बिक र खड्काको विनासर्त रिहाइको माग गरेको छ। उनीहरुलाई गत असार २० मा तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा कार्यक्रम गरिरहेकै समयमा शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यलय गुल्मीले प्रक्राउ गरेको थियो।

प्रकाशित मिति : १ भदौ २०७६ आइतबार ००:००  १ : ०४ बजे