२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

करेन्ट लागेर अर्घाखाँचीमा एकजनाको मृत्यु



अर्घाखाँची ।
सन्धिखर्क–१ हललाइनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मालारानी–९ मा करेन्ट लागेर ३१ वर्षीय नारायण पुन रहेको प्रहरीले जनाएको छ। हललाइनमा केबलको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका पुनको उपचारकोक्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीले चुडाएको केबलको तार मर्मत गर्ने क्रममा बिजुलीको हाइटेन्सन तारले छोएर पुनलाई करेन्ट लागेको थियो। पुनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  १२ : ५४ बजे