४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

दाङमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु 



दाङ ।

दाङमा मोटरसाईकल दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ। दाङको घोराही उपमहमानगरपालिका ९ गुकाली डाँडामा शुक्रबार रा ४ प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। राति  अन्दाजी ११ः३० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते विक दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले बताए। दुरी देखाउन बनाइएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  १ : ५४ बजे