७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पाल्पामा जंगली च्याउ खाँदा पाँच जना बिरामी



पाल्पा ।
पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनीहरुको रुपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ। बिरामी मध्य ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ। यद्यपी उनीहरुको अवस्था खतरामुक्त रहेको छ। २ जनाको भने अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए। बिरामी भएका उनीहरु २ घरपरिवारको भएको उनले बताए।

प्रकाशित मिति : ८ आश्विन २०७६ बुधबार ००:००  ११ : ५६ बजे