३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

कृषि मन्त्रालयमा घनश्यामलाई बलदेवको स्वागत



काठमाडौं ।
नवनियुक्त कृषिमन्त्री घनश्याम भुसाललाई निवर्तमान मन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’ ले स्वागत गरेका छन्। आफ्नो कुर्सीमा पदस्थापन गराउँदै निवर्तमान मन्त्री खनालले नवनियुक्त मन्त्री भुसाललाई कार्यकाल सफलताको शुभकामना पनि दिए। त्यसक्रममा भुसालले खनालका कामको जस अपजस दुवै लिन तयार रहेको बताउँदै डर र लोभबाट आफु प्रभावित नहुने प्रतिक्रिया दिए। पदभार ग्रहण गरेका भुसाल र खनालले एकअर्काबीच अंकमाल गर्दै हाँसो ठट्टा पनि गरे।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  १ : २५ बजे