३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कसैको डर र प्रलोभनमा पर्दिनँः कृषि मन्त्री भुसाल



काठमाडौँ ।
नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफू डर र प्रलोभनले प्रभावित नहुने बताएका छन्।
राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबार स्थित कार्यकक्षमा कार्यभार ग्रहण गर्दै मन्त्री भुसालले आफ्नो काम कसैको डर या प्रलोभनले कुनै पनि अवस्थामा प्रभावित नहुने बताएका छन् ।
देशको समग्र र सर्वपक्षीय विकासका लागि कृषि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना लागि कृषि मन्त्रालयको जिम्मेवारी उपयुक्त रहेको पनि उनले बताएका छन्।
भुसाल चक्रपाणि खनाललाई प्रतिस्थापित गर्दै कृषि मन्त्री बनेका हुन् । नेकपामा उनी बुद्धिजीवि नेताका रुपमा लिइन्छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६ बिहिबार ००:००  १ : ३७ बजे